केन्याको राजधानीमा स्कुल भवन भत्कियो, सात विद्यार्थीको मृत्यु

एजेन्सी— केन्याको राजधानी नैरोबीमा एउटा स्कुलको कक्षाकोठा भत्किँदा सात विद्यार्थीको मृत्यु भएको छ । अलजजिरामा आएको समाचारअनुसार भवन भत्किँदा कयौँ विद्यार्थी घाइते भएका छन् । 

केन्याको ट्यालेन्ट टप स्कुलको दुई तले भवन बिहान सात बजे भत्किएको थियो । 

‘अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ,’ केन्याका रेडक्रसका प्रमुखले भनेका छन्, ‘दर्जनौँ भग्नावशेषमा पुरिएका छन् ।’ भवन भत्किँदा माथिल्लो तलाको कक्षा कोठामा पनि विद्यार्थी रहेको बताइएको छ । 

यो स्कुलमा १४ वर्षमुनिका ८ सयभन्दा धेरै विद्यार्थी रहेको स्कुलले जनाएको छ । 





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार १४:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया