कमेडी फिल्ममा काम गर्दैछन् धोनी र सन्जय दत्त ?

एजेन्सी— ‘मोतीचुर चकनाचुर’, ‘द बडी’को रिमेकजस्ता कयौँ फिल्महरुको काममा जुटेको छ, १८ स्टुडियोज । यसबीच यो प्रोडक्सन हाउसले नयाँ अर्को काम पनि गर्ने तयारी गरेको छ । 

मिडिया रिपोर्ट्सका अनुसार यो कम्पनीले एउटा कमेडी फिल्म बनाउन लागेको हो । र, भारतीय सन्चारमाध्यमका अनुसार फिल्ममा अभिनेता सन्जय दत्त मात्र होइन, भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी पनि हुनेछन् । 

त्यसो त यो प्रोडक्सन हाउसले अहिलेसम्म यसबारे कुनै जानकारी आधिकारिक रुपमा बाहिर ल्याएको छैन । तर, यो फिल्मका लागि इमरान हाशमी, सुनिल सेट्टीसँग पनि कुराकानी भइरहेको बाहिर आएको छ । आगामि महिनामा यसबारे अन्तिम निर्णय लिएर फिल्मको सुटिङ सुरु हुने कम्पनीनिकट स्रोतको हवाला दिँदै भारतीय सन्चारमाध्यमले लेखेका छन् ।





  • प्रकाशित मिति : असोज ६, २०७६ साेमबार २२:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया