काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)बीच औपचारिक रुपमा सम्बन्ध स्थापित भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै पार्टीका नेताहरुबीच सम्झौता भएपछि यो सम्बन्ध स्थापित भएको हो ।
नेकपा र सिपिसीका नेताहरुले यो सम्बन्ध स्थापना महत्वपूर्ण भएको चित्रण गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख र नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।