अमेरिकी, पाकिस्तानी पत्रकारमाथि खनिएका ट्रम्प भारतीय पत्रकारसँग पनि रुष्ट

एजेन्सी— अहिले अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान भ्रमणमा छन् । यी दुवैले त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरिरहेका छन् । 

हाउडी कार्यक्रम गरेपछि राष्ट्रपति ट्रम्पसँग मोदीले द्विपक्षीय वार्ता पनि गरेका थिए । यो वार्तापछि यी दुवै पत्रकार सम्मेलनमा देखिए ।

पत्रकार सम्मेलनमा मोदीको उपस्थितिमा ट्रम्पले अनेक प्रश्नको सामना गर्नु पर्ने भयो । यी प्रश्नको ट्रम्पले जे जवाफ दिए, त्यसको चर्चा अहिले सामाजिक सन्जालमा निकै बढेको छ ।

त्यसो त पाकिस्तानी पत्रकारसँग पनि ट्रम्पले यही प्रकृतिका जवाफ दिएका थिए ।

भारतीय पत्रकारको प्रश्न, ट्रम्पको जवाफ

भारतीय पत्रकारः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले आइएसआइ र अलकायदालाई प्रशिक्षण दिएको स्वीकारेका छन् । तपाईंलाई भन्नु के छ ? 



ट्रम्पः मैले त त्यस्तो केही पनि सुनिनँ । 

पत्रकारः के कट्टरपन्थी इस्लामिक आतङ्कबाट बच्नका लागि कुनै रोडम्याप छ ?



ट्रम्पः हामी कश्मिरको विषयमा समाधान निकाल्ने प्रयास गर्नेछौँ । हामी सबै यही चाहन्छौँ ।

पत्रकारः तर, के आतंकवाद ठूलो मुद्दा होइन ? पाकिस्तान सरकार प्रायोजिक आतंकवादबाट बच्न कुनै रोडम्याप बनेको छ ? 

ट्रम्पले त्यसपछि मोदीलाई हेरे । अनि भने, ‘तपाईंसँग राम्रा रिपोर्टस् रहेछन् । मसँग पनि यस्तै रिपोर्टर भइदिएको भए । तपाईंहरु अन्य पत्रकारभन्दा राम्रो गरिरहनु भएको छ । यस्ता रिपोर्टर तपाईं कहाँ खोज्नुहुन्छ ? हेर्नुस्, मुश्किललाई समाधान गर्न तपाईंहरुसँग महान प्रधानमन्त्री छन् । मलाई यसमा कुनै शंका छैन ।’

यो भारतीय पत्रकारसँगको ट्रम्पको वार्ता थियो । तर, यसअघि ट्रम्पले पाकिस्तानी पत्रकारलाई पनि यसरी नै उडाएका थिए । त्यतिबेला पनि कश्मिरको विषयमा एक पत्रकारले प्रश्न गर्दा ट्रम्पले इमरानलाई हेर्दै भनेका थिए, ‘तपाईं यस्ता पत्रकार कहाँबाट खोजेर ल्याउनुहुन्छ ? यिनीहरु त कमालका पो छन् त ।’

त्यसो त पत्रकारबारे ट्रम्पले यस्तो प्रतिक्रिया दिएको यो पहिलो पटक होइन । यसअघि उनको र अमेरिकी पत्रकारहरुबीच बारम्बार वाकयुद्ध हुँदै आएको छ । उनले बिबिसी, सिएनएनका पत्रकारलाई पनि बेवास्ता गर्दै आएका छन् । 

ट्रम्पले सन् २०१८ मा एक बयान पनि जारी गरेका थिए । जसमा उनले पत्रकारलाई ‘मानिसहरुका दुश्मन’समेत भनेका थिए ।

  • प्रकाशित मिति : असोज ८, २०७६ बुधबार २१:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया