एडिबीको प्रक्षेपण– यो वर्ष आर्थिक वृछि ६ प्रतिशतभन्दा माथि हुन्छ

काठमाडौं– एशियाली विकास बैंक (एडिबी)ले शुक्रबार नेपाल म्याक्रोइकोनोमिक अपडेट सार्वजनिक गरेको छ । एडिबीले त्यसमा नेपालको यस आर्थिक वर्षको आर्थिक वृछि ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण सार्वजनिक गरेको हो । 

तर, सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत थियो । यो वर्ष पनि एडिबीले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर हासिल भएमा लगातार चार वर्ष नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुनेछ ।

एडिबीले संघीय तथा स्थानीय तहसम्मका सरकारहरुको पुँजीगत खर्चमा उल्लेख्य सुधार हुने भएकाले यो वृद्धिदर हासिल हुने अनुमान गरेको हो । 

एडिबीले मूल्यवृद्धि चाहिँ अहिले सरकारले गरेको प्रक्षेपणभन्दा पनि कम हुनसक्ने अनुमान गरेको छ । एडिबीले चालू आर्थिक वर्षमा मूल्यवृद्धि ५ प्रतिशत हुने अनुमान गरेको हो । 





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १०:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया