कस्ताे बन्ला चपली हाइट ३ ?

काठमाडाैं— चपली हाइट र चपली हाइट २ ले नेपाली सिने जगतमा ठिकठिकैको व्यापार गरे । तर, यी दुवै सिनेमाका फरक तरिकाले चर्चामा आए । चपली हाइटले त अभिनेत्री विनिता बराललाई नेपाली फिल्म जगतमा स्थापित नै पनि गरिदियो । 

अब यही फिल्मको तेस्रो सिक्वेल बन्ने भएको छ अर्थात् चपली हाइट ३ । यसका लागि कलाकारहरु स्वस्तिमा खड्का, महेश त्रिपाठी, अमिर गौतम, सुपुष्पा र प्रतीक श्रेष्ठलगायत कलाकार अनुबन्धित भइसकेका छन् ।

निर्माण पक्षका अनुसार यो फिल्मको छायांकन तिहारपछि गरिने भएको छ । चपली हाइट ३ को निर्माण अर्जुन कुमारले गर्न लागेका हुन् । यसलाई निकेश खड्काले निर्देशन गर्दैछन् । 

याे फिल्म सेक्स एन्ड थ्रिलर हुने बताइएकाे छ । पछिल्लाे समय चाहिँ फिल्मबारे न यसका कलाकारले केही भनिरहेका छन् न निर्देशक नै यस विषयमा कुरा गर्दैछन् ।





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १२:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया