रुकुममा वडा कार्यालय ताेडफाेड गर्ने पक्राउ

रुकुम-  आठबीसकोट नगरपालिका १४ को वडा कार्यालय तोडफोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि वडाका २१ वर्षीय विश्वास मल्ल, २१ वर्षीय दिपक भन्ने समिर चन्द र १९ वर्षीय तिलक मल्ल रहेका छन् । 

विश्वास र समिरलाई गाउँबाटै पक्राउ गरिएको र तिलकलाई भाग्दै गरेको अवस्थामा सानीभेरी गाउँपालिका १ पुर्तिमकाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तोडफोडको कारण वडा कार्यालयका ढोका र झ्यालमा क्षति भएको प्रहरीको भनाई छ । पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य थालिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १२:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया