स्वतन्त्र क्याटलनकाे पक्षका नेताहरुलाई स्पेनी अदालतले सुनायाे जेल सजाय
अदालतकाे आदेशपछि स्पेनका सहरहरुमा यसकाे विराेधमा प्रदर्शन भएकाे छ ।

एजेन्सी– स्पेनको सर्वोच्च अदालतले स्वतन्त्र क्याटलानको माग गरेका नेताहरुलाई नौ देखि १३ वर्षसम्मको जेल सजाय सुनाएको छ । यो उनीहरुले सन् २०१७ मा स्वतन्त्र क्याटलानका लागि भएको जनमतसंग्रहमा देखाएको सक्रियताका लागि दिइएको सजाय हो । 

त्यसैले यो सजायको विरोध स्पेनमा व्यापक रुपमा भएको छ । 

यही मुद्दामा अन्य तीनलाई स्पेनको अदालतले जमानीमा छोड्ने भएको छ । अदालतले दोषी ठहर गरेका यी सबै १२ जनाले यो आरोपको खण्डन गर्दै आएका छन् । 

उता, क्याटलोनियामा पृथकतावादीहरुले सर्वोच्चको यो आदेशको चर्को विरोध गर्ने तयारी गरेका छन् । अदालतले क्याटलोनियाका उपराष्ट्रपति ओरिओल जुनक्युरासलाई २५ वर्ष जेल सजाय सुनाउने अनुमान धेरैले गरेका थिए । तर, उनलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । 

अदालतको यो फैसला आएपछि बार्सिलोनामा पनि राजनीतिक बन्दीहरुको रिहा गर भन्ने स्लोगानसहित प्रदर्शनीकार सडकमा उत्रिएका छन् । 





  • प्रकाशित मिति : असोज २७, २०७६ साेमबार १४:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया