मार्कसिट सेयर गर्दै चेतन भगतले भने– कागजको टुक्राले तपाईंलाई परिभाषित गर्दैन

एजेन्सी– भारतका चर्चित लेखक चेतन भगतले आफ्नो १० कक्षाको मार्कसिट सेयर गरेका छन् । सामाजिक सन्जाल ट्विटरमा मार्कसिट सेयर गर्दै चेतन भगतले मार्कसिटलाई कागजको टुक्रा भनेका छन् । लेखेका छन् कि यस्तो कागजको टुक्राले कसैलाई पनि परिभाषित गर्दैैन । 

उनले लेखेका छन्, ‘मलाई खुसी के लाग्छ भने म औसत छात्र भएको कुरा मार्कसिटले देखाएको छ र आज बुझेको छु कि एउटा कागजको टुक्राले तपाईंलाई परिभाषित गर्न सक्दैन ।’

चेतनले १९८९ मा १० कक्षा पास गरेका थिए । उनले हिन्दीमा जम्मा ४६ नम्बर ल्याएका रहेछन् । चेतनको यो ट्विटले भारतमा औसत विद्यार्थीलाई साथ र सहयोग दिने बताइएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७६ मंगलबार १३:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया