सात करोड जितेनन् गौतमले, करोड जित्नुमा पत्नीको हात

एजेन्सी– बिहारका गौतम कुमार झाले अहिले भारतीय मिडियामा आफ्नो स्थान बनाएका छन् । किनकि उनले भारतीय टिभी कार्यक्रम कौन बनेगा करोडपतिको ११ औं सिजनमा एक करोड जितेका छन् । 

तर, सात करोडको प्रश्नमा भने उनी चुके । १६ औं प्रश्नको जवाफ उनले दिन सकेनन् । अनि कार्यक्रम छोडे । उनी सेक्सन इन्जिनियर भएको बताएका छन् । उनले यो सफलता पाउनुमा आफ्नी पत्नीको हात रहेको पनि बताएका छन् ।

‘मलाई अमिताभ सरले मोटिभेट गर्नुभयो,’ उनले भनेका छन्, ‘मेरी पत्नी कौन बनेगा करोडपतिकी ठूली फ्यान हुँ । उनकै कारण म यहाँसम्म आइपुगेको हुँ ।’





  • प्रकाशित मिति : असोज २९, २०७६ बुधबार १९:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया