वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं– आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले बहिष्कार गर्ने भएको छ । 

नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

क्रान्तिकारी माओवादीले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ। देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने साे पार्टीले जनाएकाे छ ।

निर्वाचन आयोगले तीनवटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेकाे छ ।

नेता सिपी गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दाबी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी दिएका छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७६ साेमबार १५:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया