प्रिक्साले ल्यायो प्रिक्साएडलिटिक्स

काठमाडौं– पाँच वर्षदेखि नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा राम्रो काम गरिरहेको प्रिक्सा टेक्नोलोजीले बजारमा नयाँ उत्पादन ल्याएको छ । विज्ञापनदातालाई निकै फाइदा पुग्ने यो उत्पादन प्रिक्सा एडलिटिक्स सफ्टवेयर हो । 

विज्ञापनदाता र प्रकाशकबीचको सम्बन्धलाई व्यवस्थापन गर्न सहज पुर्याउने यो सफ्टवेयर नेपालमा पहिलो पटक डेभलप गरिएको सफ्टवेयर हो । यसले विज्ञापनदाता र अनलाइन पोर्टल सन्चालकहरुलाई कार्यसंचालन तथा सम्बन्धलाई थप व्यवस्थित गर्न सहयोग पुर्याउने विश्वास प्रिक्साले लिएको छ । 

प्रिक्साले जारी गरेको एक विज्ञप्तिमा यो सफ्टवेयरले विज्ञापनदाताहरुलाई आफ्ना विज्ञापनमा आइरहेको इम्प्रेसन, क्लिक, युजरलगायतका विभिन्न तथ्यांक लिन सहयोग गर्ने बताएको छ । इम्प्रेसन अर्थात् कतिजनाले त्यो विज्ञापन हेरे, कुन वर्ग र कहाँबाट त्यो विज्ञापनमा धेरै क्लिक आयो भन्ने सबै जानकारी यो सफ्टवेयरले दिन्छ । यसले डिभाइस तथा वेब ब्राउजरअनुसार पनि तथ्यांक निकाल्न सहयोग गर्छ । साथै, विज्ञापनदाताले यो सफ्टवेयर मार्फत् विभिन्न वेबसाइटमा आफ्नो विज्ञापन आफैँ राख्ने वा परिवर्तन गर्ने गर्न सक्छन् । 

प्रिक्साका अनुसार फरक धारलगायतका केही अनलाइन न्युज पोर्टलहरुमा यसको सफल परीक्षण पनि भइसकेको छ । डाटा प्राइभेसीलाई ध्यानमा राख्दै बनाइएको यो प्रोडक्टले नेपाली विज्ञापन क्षेत्रका लागि निकै लाभदायी नतिजा दिनेमा आफू विश्वस्त भएको प्रिक्साका व्यापार प्रवद्र्धन प्रमुख प्रयासराज कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७६ बिहीबार ११:५५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया