श्रीमानले काली भनेर दबाब दिएपछि आत्महत्या गरिन् २१ वर्षीयाले

एजेन्सी– २१ वर्षीया एक भारतीय महिलाले बारम्बार श्रीमानले उनलाई काली भनेपछि आत्महत्या गरेकी छिन् । भारतीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले लेखेअनुसार श्रीमानले लगातार उनी काली भएको दबाब दिएपछि ती महिलाले आत्महत्या गरेकी हुन् । 

राजस्थानमा प्रहरीले ती महिलाका श्रीमानविरुद्ध एक उजुरी दर्ता गरेको छ । ती महिलाका बाबुले उनको मृत्युको दोषी उनका श्रीमान भएको बताएकी छिन् । 

प्रहरीले बिबिसी हिन्दीलाई यस मुद्दामा कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिएको छ । ती महिलाका श्रीमानले अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । 

भारतमा सफा वा सेतो छालालाई कालो छालाभन्दा बढी प्राथमिकता दिने गरिएको छ ।

तर, भारतमा यसरी महिलाले आफू कालो भएको आरोप लागेपछि आत्महत्या गरेको यो पहिलो पटक होइन । सन् २०१४ मा एक २९ वर्षीया महिलाले श्रीमानले बारम्बार छालाको रंगबारे कुरा गरेपछि आत्महत्या गरेकी थिइन् । त्यस्तै, सन् २०१८ मा १४ वर्षीया एक स्कुले छात्राले पनि साथीहरुले बारम्बार उनको छालाको रंगलाई लिएर जिस्क्याएपछि आत्महत्या गरेकी थिइन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार १४:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया