तिहारपछिको पहिलो दिन नै घट्याे नेप्से

काठमाडौं– तिहारपछि खुलेको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेर सुरु भएको छ । बिहीबार नेप्से ३.१७ अंकले घटेको हो । ११४९.४९ बाट कारोबार सुरु भएकोमा ११४६.१७ अंकमा पुगेर रोकिएको छ । तर, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक भने ०.०३ अंकले बढेको छ।

१ सय ५५ कम्पनीको सेयर करोबार भएकोमा १ लाख ६० हजार कित्ता सेयर खरिद–विक्री हुँदा २५ करोड ४३ लाख १२ हजार रुपैयाँबराबरको कारोबार भयो । उपसूचक भने मिश्रति देखिएको छ । सबैभन्दा बढी उत्पादन समूहको सेयर १३.९६ अंकले बढ्यो । यस्तै, होटल ६.९९, अन्य समूह २.५१ तथा विकास बैंक १.९७ अंकले बढ्दा बाँकी सबै उपसूचक घटे ।

कारोबारको हिसाबले बिहीबार सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको प्रमोटर सेयरको कारोबार भयो । उक्त बैंकको सेयर ६ करोड ३ लाख रुपैयाँबराबरको बिक्री भएको हो । मेगा बैंकको दुई करोड २२ लाख ७६ हजार रुपैयाँबराबरको सेयर कारोबार भयो । बुधबार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने नबिल इक्विटी फन्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७६ बिहीबार १६:२९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया