हङकङ आन्दोलनः प्रदर्शनकारीमाथि चक्कु आक्रमण, एक व्यक्तिको कानै टोकियो

एजेन्सी– हङकङमा सरकारको विरोध गर्दै सुरु भएको आन्दोलन हप्तौँ भइसक्दा पनि रोकिने छाँटकाँटमा छैन । झन्, पछिल्लो समय त्यहाँको आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । आइतबार हङकङमा भएको एक आन्दोलनमा चक्कु प्रहार हुँदा पाँच जना घाइते भएका छन् । 

प्रजातन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएका व्यक्तिहरुमाथि आक्रमण भएको थियो । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । यीमध्ये दुईको अवस्था निकै नाजुक भएको अस्पतालले जनाएको छ । 

आक्रमणमा पर्नेमध्ये एकको कान टोकिएको र उनले कानको अधिकांश गुमाएको त्यहाँका चिकित्सकले जनाएका छन् ।

एउटा सपिङ मलमा भएको यो आक्रमणमा चिनियाँ मूलका एक व्यक्तिको संलग्नता रहेको आक्रमणमा घाइते भएकाहरुले जनाएका छन् । ती आक्रमणकारीले बेइजिङको समर्थन गरेको र त्यही विषयमा भनाभन हुँदा उनले चक्कु प्रहार गरेको हङकङका पत्रिकाहरुले प्रकाशन गरेका छन् । 

हङकङमा प्रजातन्त्रको माग गर्दै, क्यारी लामको सरकारको विरोध गर्दै आन्दोलन हुन थालेको अब पाँच महिना पुग्नै लागेको छ ।





  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार २३:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया