पत्नीको हत्यापछि टाउको लिएर चौकी पुगे युवक

एजेन्सी– आग्राको यमुनापुर भन्ने ठाउँमा एक युवाले आफ्नै पत्नीको हत्या गरेर टाउको लिएर प्रहरी चौकीमा पुगेका छन् । उनले पत्नीको शरीरलाई घरमा नैै छाडेर फरार भएका थिए । प्रहरीले आफूलाई खोजिरहेको थाहा पाएपछि पत्नीको शीर लिएर उनी चौकी पुगेका हुन् । उनले पत्नीको हत्या किन गरे भन्ने खुल्न सकेको छैन । 

भारतको यो घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । नरेश नामका ती युवाले १७ वर्षअघि विवाह गरेका थिए । आइतबार राति साढे सात बजे उनी मदिरा सेवन गरेर घरमा पुगेको र पत्नीको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।

घरमा बच्चाहरु भए पनि नरेशले पत्नीको हत्या गर्दा उनीहरुले चाल पाएनन् । सोमबार विहान उठेर उनीहरुले आमाको कोठामा छिर्दा आमाको शरीर मात्र देखेका थिए । त्यसपछि छिमेकीले प्रहरीमा उजुरी दिए ।

प्रहरीले खोजिरहेको थाहा पाएपछि फरार भएका नरेश घरभन्दा ६ किलोमिटर टाढाको एउटा प्रहरी चौकीमा एउटा थैलोमा पत्नीको टाउको लिएर पुगेका हुन् । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १२:४७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया