इरानमा भेटियो तेलको ठूलो भण्डार

एजेन्सी– इरानमा तेलको एउटा विशाल भण्डार भेटिएको छ । एउटा अनुमानका अनुसार यो तेल भण्डारमा ५३ अबर ब्यारेल तेल रहेको छ । इरानका राष्ट्रपति हसन रुहानीले यसको घोषणा गरेका हुन् । 

चौतर्फी आर्थिक प्रतिबन्ध झेलिरहेको इरानका लागि यो सुखद खबर भएका जनाइएको छ । विश्लेषकहरुले यसलाई एक दशमा इरानको अर्थतन्त्रका लागि ठूलो उपलब्धि भएको जनाएका छन् ।

यो तेल क्षेत्र दक्षिण पश्चिम इरानको २४ सय वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बताइएको छ । इरानका राष्ट्रपति रुहानीका अनुसार यो खुजेस्तान प्रान्तमा रहेको छ । इरानमा यसअघि नै ६५ अर्ब ब्यारेल वाला अर्को तेल खानी भेटिएको थियो । 

तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकको इरान संस्थापक सदस्य हो । अहिलेसम्म इरानमा प्रमाणित तेल भण्डारमात्रै १५५.६ अर्ब ब्यारेल रहेको छ । नयाँ तेल खानी भेटिएपछि इरानको तेलको मात्रा अब ३४ प्रतिशतले बढेको छ ।

इरान तेलमा चौथो सबैभन्दा ठूलो भण्डारण भएको देश हो र ग्यासमा यो विश्वमा दुई नम्बरमा आउँछ ।

नयाँ तेल खानी पाइएको घोषणा गर्दै इरानी राष्ट्रपति रुहानीले अमेरिकामाथि आक्रमणको चेतावनी पनि दिएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार रुहानीले भनेका छन्, ‘हामीले अमेरिकासँग भन्न चाहन्छौँ कि हामी एक धनी देश हौँ । अमेरिकाको शत्रुता र कठोर प्रतिबन्धका बाबजुद पनि इरानमा नयाँ तेल भण्डारण फेला परेको छ ।’





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार ११:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया