सलाहले २ खेल गुमाउने

एजेन्सी– इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले अफ्रिका कप अफ नेसन्सको छनोटका २ खेल गुमाउने भएका छन् ।

गत आइतबार म्यानचेस्टर सिटीविरुद्ध खेल्ने क्रममा उनको गोलीगाँठामा चोट लागेको थियो । त्यही कारण उनले खेल गुमाउने भएका हुन् । उनले केन्या र कोमोरसविरुद्धका खेल गुमाउने भएका हुन् । 

यो कपमा इजिप्ट छनोट चरणको ग्रुप जीमा छ । यो समूहमा इजिप्टसहित केन्या, कोमोरस तथा टंगो छन् । सलाहले हिजो (मंगलबार) कायरोमा चेकअप गराएका थिए ।

सलाहलाई यो चोटबाट बाहिर आउन केही समय लाग्न सक्ने इजिप्टका चिकित्सकहरुले जनाएका छन् । 

लिभरपुलले आगामी खेल नोभेम्बर २३ मा क्रिस्टल प्यालेसविरुद्ध खेल्ने छ । सलाहले सो खेल पनि गुमाउने सम्भावना बढी छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार ११:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया