कालापानीबारे चीनको धारणाः संवादबाट विवाद समाधान होस्

एजेन्सी– भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भूमि समावेश गरेपछि चीनले यसमा चासो दिएको छ । बिहिबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै चिनियाँ दूतावासले यसबारे आफ्नो प्रतिक्रिया दिएको हो । 

कालापानी विवाद मैत्रीपूर्ण परामर्श तथा संवादका आधारमा समाधान गरिनु पर्ने चीनको धारणा रहेको छ । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विषयमा आफू प्रष्ट भएको चिनियाँ विज्ञप्तिबाट प्रष्ट हुन्छ । 

‘नेपाल र भारतले मैत्रीपूर्ण परामर्श तथा संवादबाट कालापानीबारेको विवाद समाधान गर्नेछन् भन्ने चीनको चाहना छ,’ दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिनियाँ पक्षले सधैं नेपाली भौगोलिक अखण्डताको सम्मान गरेको छ ।’

‘केही गैरजिम्मेबार मिडिया र व्यक्तिहरुले नेपाली भूमि चीनबाट अतिक्रमित भएको दाबी गरिरहेका छन् । यी आरोप आधारहिन छन् र जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ,’ चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस्ता समाचारलाई चीनले नेपाल र चीनको सम्बन्ध कमजोर पार्ने षडयन्त्र भएको संज्ञा पनि दिएको छ । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया