कालापानी र लिपुलेक नेपालकै हाे, कुनै हालतमा छाड्न सकिन्न : कांग्रेस महामन्त्री कोइराला

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कालापानी र लिपुलेक नेपालकै भएकाले कुनै हालतमा छाड्न नसकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाएकामा नेपाली कांग्रेसको पनि समर्थन रहेको बताए ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको बताउँदै नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख रहेकाे दाबी गरे । उनले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपाली कांग्रेसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए ।  

कांग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताउँदै महामन्त्री कोइरालाले रौतहटका नेपाली कांग्रेस नेता अफताव आलमको विषयमा मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने धारणा राखे । उनले मुलुकको विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसको समर्थन बढिरहेको बताए ।





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १६:२७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया