हाम्रो पात्रोको आफ्नै कम्युनिटी, अब खरिद–बिक्री पनि हाम्रो पात्रोबाटै

काठमाडौं– ५० लाखभन्दा बढी प्रयोगकर्ता भएको हाम्रो पात्रो नेपाली प्रयोगकर्ताको जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । र, यो एप्लिकेसनले नेपाली प्रयोगकर्ताको जीवनशैलीलाई अझ सहज बनाउने हेतुले थप एउटा सुविधा सार्वजनिक गरेको छ । हाम्रो पात्रोले ल्याएको नयाँ सुविधा हो– खरिद–बिक्री ।

अहिलेलाई काठमाडौंमा मात्र सेवा दिने यो सुविधामा प्रयोगकर्ताले आफ्ना नयाँ तथा पुराना सामान, घर जग्गा, सवारी साधन, मोबाइल, घडी तथा अन्य सामान तथा सुविधाहरु बेच्न वा खरिद गर्न सक्नेछन् ।

यो सुविधा सार्वजनिक गर्दै हाम्रो पात्रोका संस्थापक तथा अध्यक्ष शंकर उप्रेतीले यो कम्युनिटीमा पहिलो दिनमा नै दुई हजारभन्दा धेरै सदस्य दर्ता भएको बताएका छन् । हाम्रो मार्केट नाम दिइएको यो सुविधालाई https://we.hamropatro.com मार्फत् एक्सेस गर्न सकिन्छ । 

‘हाम्रो प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर राख्दै उहाँहरुको खरिद बिक्री अनुभवबीच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सिधै सम्पर्क गरी कारोबार गर्न सकोस भन्ने उद्देश्यले हामीले हाम्रो 'वी हाम्रोपात्रो' कम्युनिटी फिचर 'हाम्राे मार्केट' सार्वजनिक गरेका हौं,’ उप्रेतीले भनेका छन्, ‘हाम्रा नियमित र ब्यापक प्रयोगकर्ताहरुले यसमा राख्नुहुने सामाग्री अथवा सेवाको खरिद बिक्रीबाट जोकोहीले लाभ लिनसक्नुहुनेछ ।’

 

किन फरक छ त यो कम्यूनिटि फिचर ?



दैनिक कम्तिमा १० लाखभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाइल, घडी, सवारी साधन, घर जग्गा अथवा अन्य कुराहरु बेच्ने अथवा खरिद गर्ने आवश्यक्तालाई हाम्रो पात्रो प्रयोगकर्ता सही विकल्प हुनसक्छन् ।

आफ्ना सामान तथा सेवासुविधा बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्युनिटी प्रभावकारी छ । समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद-बिक्रिको सुविधामा सजिलै जोड्न सक्दछ ।



 

कसरी जोडिने त यो कम्युनिटीमा ? 

यो कम्यूनिटिमा अहिले यहाँ क्लिक गरेर गुगल एकाउन्ट तथा फेसबुक एकाउन्टबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्यूनिटिहरु मध्ये हाम्राे मार्केट खोलेर जोइन कम्युनिटी लेखेको बटनबाट रजिस्ट्रेसनका लागि रिक्वेस्ट पठाउन सकिन्छ । हाम्रो पात्रोले तपाईंको रिक्वेस्टलाई स्विकार गरेपछि त्यसमा प्रयोगकर्ताले आफ्ना नयाँ तथा पूराना सामाग्री तथा सेवालाई तस्वीरसहित पोष्ट गर्न अथवा खरिद(बिक्रिका लागि पोष्ट गरीएका स्ट्याटसहरुमा कमेन्ट गर्ने सुविधा पाइनेछ  ।

  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार ९:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया