गाई काटेर खाएको आरोपमा दुई युवा जेल चलान

पर्वत– पर्वतमा जिल्ला अदालतले पशुसम्बन्धी कसुर गरेकाे भन्दै दुई युवालाई डेढ वर्ष जेल चलानको सजाय सुनाएको छ । जिल्लाको विहादी गाउँपालिका-१ बाच्छाका युवराज गुरुङ र महाशिला गाउँपालिका-२ भोक्सिङका विजय नेपाली जेल चलान भएका हुन् ।

गत २७ जेठमा गाई काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धान पश्चात जिल्ला अदालतमा पशुसम्बन्धी कसुरमा मुद्दा दायर गराएको थियो । जिल्ला अदालतका न्यायधीश सूर्य बहादुर थापाको बुधबार भएको इजलासले दुवै जनालाई कैद सजाय सुनाएको हो ।

मुलुकी ऐन अपराध संहित २८९ को दफा १ बमोजिम उनीहरुलाई सजाय सुनाएको जिल्ला अदालतमा कार्यरत कर्मचारी ऋषिराम शर्माले जानकारी दिए । कसुर ठहरिएका दुवै जनालाई बुधबार जिल्ला कारागारमा सजाय भुक्तानका लागि पठाइएको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १७:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया