बालुवाः जसका कारण बढ्दैछन् संसारभर हत्या

एजेन्सी– सेप्टेम्बरमा दक्षिण अफ्रिकामा एक जना कारोबारीको गोली हानी हत्या गरियो । त्यसको एक महिना पहिले मात्र भारतमा दुई जनाको एउटा घटनामा हत्या भएको थियो । 

मेक्सिकोमा पर्यावरणका लागि काम गरिरहेका एक व्यक्तिको पनि हत्या गरियो । हजारौँ किलोमिटर टाढा अलग अलग ठाउँमा यी व्यक्तिहरुको हत्या भए पनि यी सबमा एउटा समानता छ । 

त्यो हो– हत्याको कारण । 

अनि यो हत्याको कारण पत्याउनै नसकिने खालको छ । यो कारण हो, बालुवा । 

दैनिक बालुवाको उपयोग विभिन्न ठाउँमा बढिरहेको छ । तर, यसको महत्वबारे अहिले पनि राम्रोसँग बुझिएको छैन । बालुवा कारण संसारमा हत्याका श्रृङ्खला बढिरहेका छन् भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ । तर, आजको यो समयमा बालुवा विश्वमा अब निकै महंगो हुन थालिसकेको छ । 

सहरमा होस् या गाउँमा अब बालुवा अत्यन्त आवश्यक भएको छ, सपिङ मल बनाउन, ठूलाठूला भवन निर्माण गर्न ।



यतिमात्र होइन, सडक बनाउन पनि अब बालुवा निकै आवश्यक हुन थालेको छ । जुन अलकत्रा सडक बनाउन प्रयोग गरिन्छ, त्यो पनि आखिर गिटटी र बालुवाको जोडन न हो । 

यतिमात्र होइन, हाम्रो मोबाइल वा कम्प्युटरको सिलिकन चिप बनाउन पनि बालुवाको प्रयोग हुन थालिसकेको छ । 



हो, यस्ता कुरा सुन्दा लाग्न सक्छ, यसले के बिग्रियो त ? अहिले संसारमा जताततै बालुवा न छ ।

बालुवा त अहिले सस्तोमा हामीले सहजै किन्न सक्छौँ । तर, संसारमा अब विस्तारै बालुवाको आवश्यकता निकै बढ्न थालेको छ ।

अहिले पानीपछि सबैभन्दा बढी बालुवाको प्रयोग भएको विभिन्न अध्ययनहरुले देखाएका छन् । प्रत्येक वर्ष विश्वभर ५० अर्ब टन बालुवा प्रयोग गर्न थालिएको छ । फेरि यो समयमा मरुभूमिको बालुवा अब भवनहरु निर्माण गर्न काम नआउने भइसकेको छ ।

अब त नदीको छेउको बालुवामात्र काममा आउन सक्ने भएको छ । समुद्रको तटमा पनि यस्तो बालुवा पाइन्छ जुन हामीले निर्माणमा प्रयोग गर्न सक्छौँ । अब विश्वमा यो बालुवाको माग कति बढेको छ भने जहाँतहीँ यही बालुवाको माग बढ्दै गएको छ । अनि विश्वमा बालुवा उत्खनन गर्ने माफियाहरु जन्मिएका छन्, कयौँ ठाउँ अवैध रुपमा कब्जा गरिएका छन् । 

अनि यसैका कारण विश्वमा हत्याका श्रृङ्खला पनि बढिरहेका छन् । 

नेदरल्यान्ड्सको एक रिसर्च ग्रुपका अनुसार सन् १९८५ देखि अहिलेसम्म विश्वमा ५२३७ वर्ग माइल जमीन विस्तार गरिएको छ । यो भनेको जमैका देश बराबरको जमिन हो । यसका लागि सबैभन्दा धेरै बालुवा नै प्रयोग गरिएको छ । यसले गर्दा नदीमा रहने जलचरहरुलाई मात्र असर गरेको छैन, सिंगापुर जस्ता देशहरुमा माझीको रोजीरोटीसमेत गएको छ ।

  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार २२:३१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया