भारतमा निदाउने जागिर, मिल्छ लाखाैँ

एजेन्सी– कहिलेकांही मनमा लाग्न सक्छ– अफिसमा नै सुत्न पाए, कस्तो हुँदो हो । अझ चिसो मौसममा ब्ल्याङ्केट ओडेर सुत्न पाए झन् कस्तो हुँदो हो ? 

यस्तो सोच तपाईंलाई पनि छ भने भारतमा एउटा अवसर आएको छ । त्यहाँ जहाँ पनि सुत्न सक्ने व्यक्तिलाई एक लाख रुपैयाँ दिने भइएको छ । त्यो सुतेर मात्र । 

यो कुनै रमाइलो वा फेक न्युज होइन । भारतीय कम्पनी स्लिप इन्टर्नसिपले यो नयाँ अफर ल्याएको हो । जहाँ छानिएका व्यक्तिहरुको काम भनेको एसी वा सोफामा सुत्नु मात्र हो । यो कम्पनीले कुनै पनि व्यक्तिलाई सुत्नु दिनुभन्दा अरु कुनै काम नगर्ने जनाएको छ ।

तर, यसका लागि केही योग्यता चाहिँ आवश्यक छ । मौका मिल्ने वित्तिकै सुत्ने व्यक्तिका लागि यो आवश्यक छ । कम्पनीले एक व्यक्तिले ९ घन्टा सुत्नु पर्ने बताएको छ ।

यो कम्पनीले वेकफिटडटकोमा यसबारे जानकारी राखेको छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार ११:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया