डेभिड वार्नरले रचे इतिहास, प्रहार गरे तीन शतक

एजेन्सी– अष्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरले पाकिस्तानविरुद्धको डे नाइट टेस्ट प्रतियोगितामा शानदार ब्याटिङ गर्दै आफ्नो करिअरको पहिलो तेस्रो शतक प्रहार गरेका छन् । 

एडिलेड मैदानमा तेस्रो शतक बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् । 

डे नाइट टेस्ट क्रिकेटमा तीन शतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि पाकिस्तानका अजहर अलीले तीन शतक प्रहार गरेका थिए ।

टेस्ट क्रिकेटमा पनि तीन वर्षपछि ब्याट्सम्यानले तेस्रो शतक प्रहार गरेका हुन् । यसअघि भारतका करुण नायरले १५ डिसेम्बर १०१६ मा इंग्ल्यान्डविरुद्ध तीन शतक प्रहार गरेका थिए । 

अहिलेसम्म टेस्ट क्रिकेटमा तेस्रो शतक बनाइएको यो ३१ औं पटक हो । 

वार्नरले तीन शतक प्रहार ३८९ बलमा प्रहार गरेका हुन् । यो टेस्ट इतिहासमा चौथो सबैभन्दा छिटो बनेको शतक हो । सबैभन्दा छिटो तीन शतक चाहिँ भारतका ब्याट्सम्यान वीरेन्द्र सहवागले २७८ बलमा दक्षिण अफ्रिकाविरुद्ध २००७–०८ मा बनाएका थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १३:१९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया