राैतहटमा ८५ प्रतिशत मत खस्याे

रौतहट — रौतहटको गढीमाई नगरपालिका-२ मा शनिबार सम्पन्न भएको उपनिर्वाचनमा ८५.२ प्रतिशत मत खसेको छ । राजपाका तर्फबाट स्थानीयतह निर्वाचनमा जितेका वडाअध्यक्ष जोगीदास तत्माको २०७५ वैशाख ७ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

कुल १ हजार ८ सय २२ मतदाता रहेको वडामा १ हजार ५ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनायो । कांग्रेस, नेकपा, समाजवादीलगायतका पार्टी र स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले जनाए । ‘निकै उत्साहजनक मतदाताको उपस्थिति रहयो,’ उनले भने,‘शान्ति सुरक्षा चुस्त थियो । मतदाताहरु निर्धक्क मतदानमा सहभागी भए ।’





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १९:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया