साग भलिबलमा भारत फाइनलमा

काठमाडौं– दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पुरुष भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ । भारतले आज भएको खेलमा श्रीलंकालाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

निकै रोमान्चक र प्रतिस्पर्धात्मक रहेको खेलमा भारतले पहिलो सेट २७–२५, दोस्रो सेट २५–१९ आफ्नो पक्षमा पार्यो । तर, तेस्रो सेटमा उसले २१–२५ ले खेल गुमायो । चौथो सेटमा चाहिँ भारतले २५–२१ ले जित दर्ज गर्यो र आफ्नो स्थान फाइनलमा सुरक्षित गर्यो । 

खेलमा पराजित भए पनि श्रीलंकाको खेल निकै राम्रो थियो । 

आज नै बंगलादेश र पाकिस्तानबीच हुने दोस्रो खेलको विजेतासँग भारतले फाइनल खेल्नेछ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १३:६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया