जहाँ स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्ष निर्वाचित भए

प्युठान– प्युठानको ऐरावती गाउँपालिकाको वडा नम्बर एकको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका द्रोणप्रसाद पाण्डे विजयी भएका छन् । 

उनले ६९६ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमर रेश्मी मगरले चाहिँ ६८७ मत पाए । 

तर, ऐरावतीकै दुई नम्बर वडामा चाहिँ स्वतन्त्र उम्मेदवारले जित दर्ज गरेका छन् । भीमेशकुमार घर्तीले बागी उम्मेदवारी दिएका थिए । त्यहाँ नेकपाले जनमोर्चासँग तालमेल गरेको थियो । यसको विरोध गर्दै घर्तीले उम्मेदवारी दिएका थिए । 

उनले ८ सय ५५ मत ल्याएर जित दर्ज गरे । नेकपाले पनि समर्थन गरेका जनमोर्चाका भक्तबहादुर बिकले भने ५०४ मतमात्र पाए । त्यहाँ कांग्रेसका भुपाल जिसीले ३५६ मत ल्याए । 

शनिबार भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जित्ने भीमेश एकमात्र वडाध्यक्ष हुन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २२:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया