शाकाहारी शाहिद कसरी राख्छन् आफूलाई फिट ?

एजेन्सी— अभिनेता शाहिद कपुर फिटनेसमा पनि अब्बल छन् । 

शाहिद शाकाहारी हुन् । खानामा अत्यधिक गोडागुडी तथा हरियो सागपात खान्छन् । दही, दूध तथा फलफूल प्रशस्त लिन्छन् । यसबाट कडा व्यायामका लागि उनको शरीरलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ । उनी अधिक फ्याट र कार्बोहाइड्रेट्स भएका खानेकुराबाट टाढा रहन रुचाउँछन् ।

पद्मावत् फिल्मको तयारीका वेला उनले ४० दिनसम्म दैनिक ५० ग्राम ब्राउन राइस र उसिनेको तरकारी मात्रै खान्थे भने दुई घन्टा व्यायाम गर्थे । १५ दिनसम्म त उनले नुन र चिनी पूरै बन्द गरे । खानामा उनी सधैँ सचेत छन् । दैनिक ५ देखि ६ पटकसम्म भोजन गर्छन्, शरीरलाई आवश्यक पर्नेजति मात्रै खान्छन् ।
 
उनी सातामा ६ दिन व्यायाम गर्छन् । कम्तीमा १५ मिनेट ट्रेडमिलमा बिताउँछन् । त्यसपछि बडी वेट ट्रेनिङलगायत हरेक दिन फरक–फरक अभ्यास गर्छन् । त्यस्तै, स्विमिङ, योग, दौडलगायत शरीरलाई आवश्यक अभ्यास पनि रुटिन मिलाएर गर्छन् । उनी नृत्य गर्न रुचाउँछन् । जसले क्यालोरी बर्न गर्न र शरीरलाई आकर्षक बनाउन मद्दत गर्छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १८:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया