धितोपत्र बजारमा सामान्य सुधार

काठमाडौं– धितोपत्र बजारमा मंगलबार सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको सेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अंकले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अंकले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार कुल १ सय ७२ कम्पनीका १० लाख १० हजार ९ सय ९१ कित्ता सेयर २६ करोड ६८ लाख एक हजार ५ सय ५८ मा खरिद–बिक्री भयो । 

कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको सेयर घटेको छ । बैंकिङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बिमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बिमा ६३.७९ र सामूहिक लगानी कोषको सेयर ०‍.०८ प्रतिशतले बढेको छ । यस्तै व्यापार १७.९५, विकास बैंक ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको सेयर २.७५ ले घटेको छ । 

स्टकका अनुसार कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको सेयर दुई करोड ६० लाख ९५ हजार ५ सय ५० मा खरिद–बिक्री भयो । यस्तै एनएमबी बैंकको एक करोड ९० लाख ६९ हजार ७२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ३९ लाख ७२ हजार ९ सय २६, एनआइसी एसिया बैंकको एक करोड २७ लाख २० हजार ७ सय ९१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर एक करोड १२ लाख सात हजार ८ सय २६ मा खरिद बिक्री भयो । 

परिसूचक बढे पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाए । यस्तै, गुराँस लघुवित्त वित्तीयस संस्था २.४६, वेस्ट फाइनान्स कम्पनी २.२९, मुक्तिनाथ विकास बैंक २.२४, प्रोग्रेसिभ फाइनान्स २.०४ तथा सिटी एक्सप्रेस फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकका सेयरधनीले २–२ प्रतिशतले गुमाएका छन् । 

घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.१४, हिमालयन डिस्टिलरी ५.७०, मिथिला लघुवित्त वित्तीय संस्था ५.६६, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ५.२५, सिनर्जी पावर डेभलपमेन्ट ४.४१ र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार १७:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया