म्याराथनमा किरणसिंह बाेगटीले जिते स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । धावक किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे ।

सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धारित दुरी पार गरेर रेकर्ड राखेका छन् । बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।





  • प्रकाशित मिति : मंसिर २१, २०७६ शनिबार १०:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया