महानगर र प्रहरीविरुद्ध अवहेलना मुद्दा

अदालतको आदेश कार्यान्वायन नगरेको भन्दै काठमाडौं महानगरपालिका र काठमाडौं प्रहरीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । गत असारमा उच्च अदालत पाटनले दिएको आदेश कार्यान्वायन नगरेको भन्दै अवहेलना मुद्दा दायर भएको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख, काठमाडौं परिसरा प्रमुख, कमलपोखरी वृत्तका डिएसपी, न्यायिक समिति, कानून अधिकृत र वडा नम्बर पाँचका अध्यक्ष रमेश ड्रंगोलविरुद्ध मुद्दा दायर भएको हो । सो मुद्दामा  उच्च अदालतका न्यायधीशद्वय प्रभा बस्नेत र श्रीकान्त पौडेलको इजलाशले अवहेलना मुद्दामा किन कारबाही नगर्ने भन्दै महानगरपालिका तथा प्रहरीसँग जवाफ माग गरेको छ । १५ दिनभित्र जवाफ दिन अदालतले आदेश दिएको हो । 

घरबहाल सम्बन्धि विवादमा महानगरपालिका र प्रहरीले अदालतको आदेशलाई  नमानेका हुन् । कामनपा– ५ धन्वन्तरी मार्गस्थित ईश्वर प्रसाद दाहालको घरमा भरतबहादुर अधिकारीले पसल चलाउँदै आएका छन् । पछि त्यो घर गणेश प्रसाद खरालले खरिद गरे । त्यसपछि मासिक १३ हजार भाडामा पाँच वर्षका लागि  अधिकारीले सम्झौता गरे । तर, खरालले सटर खाली गर्न भने । अधिकारीले नमानेपछि विवाद बढ्यो । उनले नमानेपछि महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिए । न्यायिक समितिले घर खाली गराउने फैसला गर्यो । 

फैसला गरेको ३५ दिनपछि मात्र कार्यान्वायन हुनुपर्नेमा त्यही दिन पत्र लेखे । त्यसपछि लाखौंका सामान भित्रै राखेर बाहिरबाट बन्द गरिदिएका थिए । त्यसविरुद्ध अधिकारीले जिल्ला अदालतमा पुनरावेदन गरेभने उच्च अदालतमा रिट दायर गरे । उच्च अदालतले न्यायिक समितिको निर्णय कार्यान्वायन नगर्न आदेश दियो । गत १७ जेठमा उच्च अदालतका न्यायीशद्वय रमेश प्रसाद भण्डारी र कुल प्रसाद शर्माको इजलाशले न्यायिक समितिको निर्णय कार्यान्वायन नगर्न परमादेश दिएको थियो । 

सोही आदेश कार्यान्वायन नगरेको भन्दै यतीबेला अवहेलना मुद्दा दायर भएको हो ।  अवहेलना मुद्दामा दोषी ठहर भएमा सरकारी अधिकारीहरु वर्खास्त हुने कानुनी प्रावान छ । यही मुद्दामा   घरधनीको पक्ष लिएर उनीहरुले अदालतको आदेश कार्यान्वायन नगरेको आरोप लागेको छ । वडाअध्यक्ष र डिएसपी आदेश कार्यान्वायन गर्न नसकिने भनेरै पत्र नै दिएका छन् । 

गत ११ मंसिरमा फैसला कार्यान्वायनका लागि भनेर महानगरपालिकाले डोर समेत खटाइको थियो । तर, मेयर बिद्यासुन्दर शाक्यले नगर प्रहरीलाई बाटैबाट फर्काएपछि आफुले अवहेलना मुद्दा हालेको अधिकारी बताउँछन् । निवेदनको पक्षबाट अधिवक्ताहरु उद्धव केसी, डा भिमार्जुन आचार्य, अनन्तराज लुईटेल र विकास भट्टराईले बहस गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार २०:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया