नेप्से परिसूचक उकालो यात्रामा

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ । 

नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कुल १ सय ७० कम्पनीको १६ लाख ६१ हजार ८ सय २८ कित्ता सेयर ५० करोड तीन लाख २८ हजार ९ सय १५ मूल्यमा खरिद–बिक्री भए । 

कारोबार भएका  कुल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर घटेको छ भने आठ उपसमूहको सेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बिमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटेल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बिमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । 

नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको सात करोड ५३ लाख २७ हजार ९ सय २० बराबरको सेयर कारोबार भएको छ । यस्तै एनएमबी बैंक तीन करोड ८५ लाख ७९ हजार ३ सय १७, कृषि विकास बैंक दुई करोड ८३ लाख ७३ हजार ५ सय ५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था एक करोड ३५ लाख ३० हजार ६ सय, नेपाल बैंक लिमिटेड एक करोड १५ लाख ४१ हजार १ सय ७४ र प्रभु बैंक एक करोड नौ लाख ३८ हजार ५ सय ५३ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट ट्रेडिङ कर्पोरेसन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.१९ प्रतिशतले कमाए । त्यस्तै, अरुण काबेली पावर ४.०९, नेसनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका सेयरधनीले ३‍.२ प्रतिशतले गुमाएका छन् ।





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १७:५९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया