दुई वडा कार्यालयमा आगजनी

भोजपुर– जिल्लाका दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र  पौवादुङमा गाउँपालिका–३ च्यांग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ  । 

पौवादुङमा–३ च्यांग्रेको  वडा कार्यालयमा मट्टीतेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायत सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिएकी छिन् । 

रामप्रसाद राई–२ को कार्यालय भने पूर्ण रुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला  प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।  घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ । 
 





  • प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार ११:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया