हिमपातपछि जुम्लामा १२ जना बेपत्ता

जुम्ला— जुम्लाको तिला गाउँपालिका–९ स्थित शेरा फूलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना चार दिनदेखि बेपत्ता भएका छन् । जडिबुटी संकलन गर्न बिहीबार गएका उनीहरु हिमपात भएपछि सम्पर्क विहीन बनेका हुन् ।

गाउँपालिका-९ का वडाध्यक्ष शेरबहादुर बोहोराले पाटनमा जडिबुटी संककलन गर्न गएका उनीहरुको अवस्थाबारे कुनै जानकारी नभएको बताए । सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु बिहीबार पाटन गएका थिए । बेपत्ता हुनेमा तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा रहेका छन् । फूलबारी पाटनमा पुग्न गाँउदेखि झण्डै दुई दिन लाग्ने गरेको स्थानीय बताउँछन् ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्रप्रसाद श्रेष्ठले पाटनमा बेपत्ताकाे उद्धारका लागि गृहमन्त्रालयलाई हेलिकोप्टरको व्यवस्था गर्न आग्रह गरिएको बताए ।





  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १९:५९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया