जनकपुरमा जताततै बम, स्थानीय त्रसित
साङ्केतिक तस्वीर

जनकपुर– प्रदेश २ को धनुषामा शुक्रबार क्षिरेश्वरनाथ नगरपालिकामा बम विस्फोटमा परी प्रहरी इन्स्पेक्टर दाहालसहित अन्य दुई जनाको मृत्यु भएको घटना ताजै रहँदा फेरि जनकपुरमा बम आतंकले घेरेको छ । 

प्रदेश २ को अस्थायी राजधानी जनकपुरको बाह्रबिधा रङ्गभूमि मैदान वरपर शंकास्पद वस्तु भेटिएपछि त्यहाँ त्रास बढेको हो । 

जनकपुर उपमहानगरपालिकाका वडा नम्बर ९ मा आइतबार भेटिएको र अन्य ठाउँमा भेटिएका बमलाई नेपाली सेनाले निस्क्रिय पारेको छ, कर्त निस्क्रिय पार्ने क्रममा छ । 

प्लास्टिकमा बेरिएका बमजस्तै शंकास्पद वस्तु भेटिएका ठाउँहरुमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेका छन् । पछिल्लो समय संकटमोचन मन्दिर नजिकै राखिएको शंकास्पद वस्तुलाई सेनाले निस्क्रिय पार्ने काम थालेको छ ।

बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजना गर्न लागेको जानकारी पाएपछि विप्लव समूहले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार ११:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया