सेयर बजारमा गिरावट

काठमाडौं– बिहीबार सेयर बजारमा गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने वृद्धि भएको छ । 

सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार शून्य दशमलव ६२ अंकले घटेर १ हजार १ सय ६७ दशमलव ४१ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि शून्य दशमलव ३६ अंकले घटेर २ सय ५४ दशमलव ३६ अंकमा पुग्यो ।

यस दिन बजारमा १ सय ७२ कम्पनीका १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँमा कारोबार भए ।

बिहीबार बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये चार सूचक उकालो लागे भने आठ सूचक ोरालो लागे । उकालो लाग्नेमा ट्रेडिङ समूह सर्वाधिक ३५ दशमलव ७२ अंकले उकालो लाग्यो भने, निर्जीवन बिमा समूह सर्वाधिक २४ दशमलव ६७ अंकले ओरालो लाग्यो । 

नेपाल बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १३ करोड २२ लाख ११ हजार २ सय ४८ रुपैयाँमा कारोबार भयो । 

नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८ दशमलव ८० प्रतिशत सेयर मूल्य कमाए, त्यसैगरी पाँचथर पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ७ दशमलव ६२ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १७:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया