मस्को– रुसले यही महिनाको सुरुमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ । रुसी राष्ट्रपति भलादिमिर पुटिनले क्रिमियाको तटमा गरिएको उक्त परीक्षण र सैन्य अभ्यासलाई अवलोकन गरेकाे दुई सैन्य स्रोतलाई उदृत गर्दै सरकारी समाचार संस्था तासले जनाएको छ ।
रुसको ब्ल्याक सी र नर्थन फ्लिटले ब्ल्याक सीमा संयुक्त सैन्य अभ्यास गरेका थिए । उनीहरुले क्लीबर क्रुज मिसाइल र हाइपरसोनिक एयर–लन्चड ब्यालेस्टिक मिसाइको प्रक्षेपण अभ्यास गरेका थिए । उक्त अभ्यासमा ३० वटा पानी जहाज, ४० विमान र एक गोताखोर जहाज प्रयोग गरिएको तासले जनाएको छ ।
दुईवटा एमआईजी- ३१ के लडाकुले किन्जल ब्यालेस्टिक मिसाइलले निशाना लगाउने अभ्यास र सानो मिसाइल पानीजहाजस ओरेकोभो जुएभो र गोताखोर कोलपिनो परीक्षण गरेको थियो ।
राष्ट्रपति पुटिनले मार्सल उस्तिनोभ मिसाइल कुजरको प्रक्षेपणसमेत अवलोकन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।