ए  डिभिजन लिग : फ्रेन्ड्सको पहिलो जित

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा फ्रेन्ड्सले थ्रिस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । 

खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा हेडमार्फत उत्कृष्ट गोल गर्दै ब्राजिलियन खेलाडी वाग्नर डी कार्मोले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।

वाग्नरको यो गोल नै फ्रेन्ड्सलाई जित दिलाउन पर्याप्त रह्यो । वाग्नर डी कार्मो खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

यो जितसँगै ६ खेलबाट ५ अंक जोड्दै फ्रेन्ड्स अंक तालिकाको ११औँ स्थानमा उक्लिएको छ ।  पराजय बेहोरेको थ्रिस्टार भने समान खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा कायम छ ।     
 





  • प्रकाशित मिति : पुस २७, २०७६ आइतबार १४:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया