काठमाडौं– नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन चैतको तेस्रो साता हुने भएको छ । युनियनले चैत २१ र २२ गते नेपालगञ्जमा महाधिवेशन गर्न लागेको हो ।
कार्यकाल सकिएको लामो समय भइसक्दा पनि युनियनको महाधिवेशन हुन सकेको थिएन । वर्तमान केन्द्रीय समितिले चितवनमा जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन मिति टुंग्याएको हो ।
बैठकले माघ मसान्तसम्म जिल्ला अधिवेशन सक्न परिपत्र गरेको छ । अधिकांश जिल्लामा अधिवेशन भइसके पनि अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा परिपत्र गरेको हो ।
युनियनको काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा अधिवेशन हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।