बिग बास लिग बीचमै छाडेर नेपाल फर्किंदै सन्दीप

काठमाडौं– नेपाली युवा स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन बिग बास लिग बीचैमा छाडेर नेपाल फर्किने भएका छन् । उनी सोमबार (भोलि) नेपाल फर्किंदै छन् । 

सन्दीप माघ २२ देखि टियु क्रिकेट मैदानमा हुन लागेको ओमान तथा अमेरिकासँगको त्रिकोणात्मक सिरिजका लागि नेपाल फर्किन लागेका हुन् । 

मेलबर्न स्टारबाट बिग बास लिग खेलिरहेका सन्दीपले यो सिजन १३ खेलबाट १५ विकेट लिएका छन् । मेलबर्न स्टार १४ खेलमा १० जित तथा ४ हार बेहोरेर २० अंकको साथमा प्ले अफमा पुगिसकेको छ ।

अब सन्दीपले मेलबर्नबाट यो सिजन कुनै पनि खेल खेल्ने छैनन् । सन्दीप नेपाल फर्किने भए पछि मेलबर्न स्टारका प्रशिक्षक माइक हासीले भने,‘मैले यो सिजनमा स्पिनरमाथि निकै विश्वास गरेको थिएँ, तर सन्दीप नेपाल फर्किंदै छन्, यो हाम्रा लागि दुःखको कुरा हो ।’ 

‘उनी हाम्रा लागि पछिल्ला दुई वर्ष उत्कृष्ट खेलाडी रहे, एउटा उत्कृष्ट खेलाडी गुमाउँदा दुःख त लागेको छ, राष्ट्रिय टिमबाट खेल्न बोलाउँदा खुसी हुनुपर्ने बताउँदै उनले भने, ‘तर उनी राष्ट्रिय टिमबाट खेल्न जाँदै छन्, निकै खुसी छ ।’ 

तर, उनले मेलबर्नवाट फाइनल खेल्न भने नपाउनु दुर्भाग्य भएको उनले बताए । 
 
 





  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार १३:४४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया