स्टेजमा बोलाइयो धोनीलाई, तर उनी पछाडि भागे

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी पछिल्ला केही दिन सामाजिक सन्जालमा निकै छाएका छन् । उनको एउटा भिडियो निकै भाइरल भइरहेको छ । 

किनकि धोनी एउटा कार्यक्रममा स्टेजमा बोलाइँदा लजाएर पछाडि भागेका छन् । यही कुरा उनको चर्चाको विषय बनेको हो । आइसिसी वल्र्ड कप २०१९ पछि धोनी भारतीय टिममा परेका छैनन् । अनि उनले सन्न्यास लिने कुरा पनि निकै फैलिएको छ । 

यो भिडियो चाहिँ उनी सहभागी एक कार्यक्रमको हो । त्यहाँ उनलाई एक बलिउडका गायकले स्टेजमा बोलाउँछन् । धोनी अलिक अगाडि बढ्छन् तर पछाडि फर्किहाल्छन् । धोनी यसरी लजाएर पछाडि फर्किएको भिडियोलाई उनका प्रशंसकले निकै रुचाएका छन् । 





  • प्रकाशित मिति : माघ १५, २०७६ बुधबार ८:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया