काेराेना आशंकाका कारण रिफर

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएका एक बिरामी कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रेफर गरेको छ । 

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं रेफर गरिएको आकस्मिक विभागका प्रमुख ज्ञानेन्द्रबहादुर मल्लले जानकारी दिए । उनी तीन दिनअघि उच्च ज्वरो, घाटी दुख्ने समस्या भएपछि बिहीबार बिहान अस्पताल भर्ना भएको डा. मल्लले जानकारी दिए । ‘पुष्टि भएको होइन । शंका लागेर मात्र पठाइएको हो,’ डा. मल्लले भने । उनलाई तीन दिनदेखि  १०३ डिग्रीसम्म ज्वरो आएको थियो ।

धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्शपछि उनलाई परीक्षणका लागि टेकु पठाइएको छ । प्रतिष्ठानमा कोरोना भाइरस संक्रमण भएको हो कि होइन भन्ने जाँच गर्ने किट उपलब्ध छैन । 





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार १२:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया