वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौ– नेकपाले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको छ । यसअघि सचिवालय सदस्य मात्र रहेका गौतम अब वैधानिक रुपमा पार्टीको  उपाध्यक्ष बनेका हुन् ।

नेकपा केन्द्रीय कमिटी बैठकले विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित गरेर गौतमलाई उपाध्यक्ष बनाएको हो । यसअघि गत असोजमा गौतमलाई उपाध्यक्ष बनाउन  केन्द्रीय सचिवालय बैठकले प्रस्ताव गरेको थियो । तर, विधानमा उपाध्यक्ष पदको व्यवस्था नभएकाले विधान संशोधन गरेर उनलाई उपाध्यक्ष बनाउन बाटो खोलिएको थियो । 

केन्द्रीय सचिवालय बैठकको प्रस्तावलाई सुरुमा स्थायी कमिटीले पास गरेर त्यसलाई केन्द्रीय कमिटीमा ल्याएर वैधानिकता दिइएको हो । तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको बताइएको छ । 

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो । 





  • प्रकाशित मिति : माघ १९, २०७६ आइतबार १७:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया