ललिता निवास मुद्दा प्रकरण : कांग्रेसले अदालतलाई सहयोग गर्ने, तर राजनीतिक रुपमा प्रतिवाद गर्ने

काठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गरेको छ । 

कांग्रेसले जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण नवीन पौडेलमाथि मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि प्रश्न उठाएको छ । नवीन नेकपा महासचिव विष्णु पौडेलका छोरा हुन् । 

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटारमा जग्गा भएका ६७ मध्ये ६५ जनालाई मुद्दा चलाउनु र दुई जनालाई छाडिएको भन्दै प्रश्न उठाए  । उनले भने,  ‘प्रधानमन्त्री र चार दर्जनमन्त्रीलाई उन्मुक्ति दिने, विजय गच्छदारलाई मुद्दा चलाउने के हो ?’

पौडेलले जग्गा फिर्ता गर्ने भन्दैमा मुद्दा नचलाउनु बदनीयतपूर्ण भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘कसैलाई पनि उन्मुक्ति खोजी गरेको होइन । पूर्वाग्रहपूर्ण भयो कि भएन भन्ने हो !’

 ‘भोलि कसैले डकैती गर्यो र दुई वर्षपछि रकम फिर्ता ल्यायो र ब्याजसहित दिन्छु भन्यो भने धन्यवाद दिने कि मुद्दा चलाउने ?’ शर्माले प्रश्न गरे । 

कांग्रेसले सो मुद्दा अदालतमा पुगिसकेकाले त्यसमा सहयोग गर्ने, तर राजनीतिक रुपमा प्रतिवाद गर्ने शर्माले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार १८:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया