अमेरिकासँग नेपालको एक दिवसीय नयाँ विश्व रेकर्ड
फाइल तस्वीर ।

काठमाडौं— त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले अमेरिकालाई सस्तोमा समेटेको छ । यो नेपालले बनाएको विश्व रेकर्ड हो । यसअघि श्रीलंकाले जिम्बाबेलाई सन् २००४ मा भएको खेलमा १८ ओभरमा ३५ रनमा समेटेको थियो । नेपालले आज पहिले टस जितेर टियु ग्राउन्डमा फिल्डिङ गर्ने निर्णय गर्यो । 

नेपालले फिल्डिङ गर्ने भएपछि ब्याटिङमा उत्रिएको अमेरिकी टिमले राम्रो प्रदर्शन गर्न सकेन । 

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले मात्र ६ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, सुशन भारीले नेपालका लागि ३ ओभर बलिङ गरे । उनले चार विकेट लिए । यसका लागि उनले ५ रनमात्र खर्चिए । 

अब नेपालले १० ओभरभित्र यो खेल जितेमा अर्को विश्व रेकर्ड बन्नेछ । 






  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १०:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया