कुवेतको हाउजिङ निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु

कुवेतको अल मुतलाको  हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ। तीन जनाको अवस्था गम्भीर छ ।  कुवेतस्थित नेपाली राजदुतावासका सूचना अधिकारी जानकी ओझाका अनुसार वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ।

१३ जना नेपाली र एक भारतीय कामदार खाडलमा पसेर काम गरिरहेका बेला ढुंगा फुटाउन बम पड्काउने क्रममा एक्कासी ढुंगासहितकाे पहिरोमा उनीहरु पुरिएका थिए । मृत्यु हुने नेपाली कामदारकाे पहिचान खुल्न नसकेकाे सूचना अधिकारी ओझाले बताइन् । 

दुर्घटनालगत्तै हाउजिङ निर्माणस्थल पुगेकी कुवेतकी आवास तथा निर्माण मन्त्री डा‍‌‍. राना अल फारिसले दुर्घटनाको कारणबारे तत्काल छानविन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छन्।





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार ११:४२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया