अमिताभ बच्चनलाई ७ प्रश्नः फिल्मको काम कुनै सहज हुँदैन

बलिउड अभिनेता अमिताभ बच्चन चिनाइरहनु पर्ने नाम होइन । उनले बलिउडमा जति काम गरेका छन्, त्यसले उनलाई बलिउडमा छुट्टै पहिचानका साथ उभ्याएको छ । तर, उनले अहिले पनि फिल्ममा काम गर्नुलाई चुनौतिका रुपमा लिने अन्तर्वार्ताहरुमा बताउने गरेका छन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले उनलाई सात प्रश्न सोधेको छ । ती प्रश्नको जवाफमा उनले भनेका छन्ः

 

के अहिले पनि फिल्म रिलिज हुनुभन्दा पहिले तनाव महसुस हुन्छ ? 

हो, हरेक फिल्म रिलिज अगाडि कुनै न कुनै उत्सुकता जोडिएको हुन्छ । यो सत्य हो र मेरोमात्र सत्य पनि होइन । यो कुरा फिल्मसँग जोडिएका सबैका लागि सत्य हो । दर्शकको के प्रतिक्रिया होला र मेरो अभिनयबारे के भनिएला भन्ने उत्सुकता सबैलाई हुन्छ । 

 

के तपाईं आफ्नो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को असफलताका कारण चिन्तित वा चकित हुनुभयो ? 



फिल्मको सफलता वा असफलता ‘जनता’ले तय गर्ने हुन् । हामीले उनीहरुको भावनलाई बुझ्न सक्नुपर्छ र उनीहरुको पैसाको मूल्य सम्झन सक्नुपर्छ, जो उनीहरु फिल्म हेर्न खर्च गरिरहेका हुन्छन् । कुनै पनि कुरामा उनीहरुको राय वा महत्व एक व्यक्तिको चिन्ता वा एक व्यक्ति चकित हुनेभन्दा कयौँ ठूलो भावना हो ।

 



फिल्म ‘बदला’मा तपाईंको भूमिका सहज देखिएन । यसमा सबैभन्दा ठूलो चुनौती काम के थियो ? 

हेर्नुस्, सबै फिल्म आफैंमा एक चुनौति हुन् । फिल्ममा कुनै पनि काम सहज हुँदैनन्, हुन त कुनै पनि काम सहज हुँदैनन् । मेरालागि सबैभन्दा ठूलो चुनौती भनेको निर्देशकको अपेक्षाअनुसार सही काम गर्नु हो । 
  

बदला फिल्ममा काम गर्नुको कुनै विशेष कारण थियो ? 

मलाई यो फिल्मको कथा राम्रो लाग्यो र सुजोय घोषले यसलाई निर्देशन गर्दै छन् भन्ने कुरा पनि बढो राम्रो लाग्यो । त्यति मात्र होइन, एक अभिनेताका रुपमा मलाई आफ्नो भूमिका पनि मन परेको थियो ।

 

तपाईंले सुजोय घोषसँग पहिले पनि काम गर्नुभएको थियो ? यसबाट के फाइदा भयो ? 

म मान्छु कि एक कलाकार र निर्देशकबीचको संवाद एक महत्वपूर्ण कडी हो । यो नजरबाट हेर्ने हो भने यो झन् फाइदाजनक हो कि तपाईंले पहिले पनि कोहीसँग कुनै योजनामाथि एकसाथ काम गरिसक्नु भएको थियो । 

 

निर्देशक, अभिनेता होस् या अन्य कोही, तपाईंबाट प्रभावित र प्रेरित धेरै छन् । यसले तपाईंलाई दबाबमा राख्छ कि आफू ठूलो हुँ भन्ने भावना विकास गर्छ ?  

यो अहिलेसम्मको सबैभन्दा गलत टिप्पणी हुनसक्छ । तर, म सबैजनासँग केही न केही सिक्ने कोशिस गरिरहेको हुन्छु । अहिलेसम्म मलाई जुन निर्देशक, अभिनेता तथा कलाकारसँग काम गर्ने मौका मिलेको छ, म उनीहरुको प्रतिभा, सिर्जनशीलतासँग जोडिने प्रयास गरेको छु ।

 

अझै तपाईंका फिल्म रिलिजको तयारीमा छन् । यो लामो यात्रालाई कसरी लिनुहुन्छ ? 

सन् १९६९ देखि फिल्ममा अभिनेताका रुपमा काम गर्न पाउनु नै मेरालागि शानदार अनुभव हो ।
 

  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार ६:३३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया