सुकुटेमा र्‍याफ्टिङ गरे प्रचण्डले

काठमाडौं— शुक्रबार चितवनबाट सोझै सिन्धुपाल्चोकको सुकुटेमा पुगेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भोटेकोसीमा र्‍याफ्टिङ गरेका छन् । 

सुकुटे महोत्सव उद्घाटन गर्न सुकुटे पुगेका प्रचण्ड त्यहाँ पुगेपछि राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । किनकि उनी प्रत्येकपटक जब सुकुटे पुगेका छन्, नेपालको राजनीति तथा उनको पार्टी राजनीतिमा नयाँ मोड देखिएको छ ।

यसपटक पार्टीमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने विषयमा व्यापक विवाद देखिएको छ । यहीबीचमा प्रचण्ड सुकुटे पुगेपछि थप चर्चा सुरु भएको छ । 

प्रचण्ड सुकुटेमा श्रीमती सीता दाहालसहित पुगेका हुन् । उनीसँग उनका पारिवारिक अन्य सदस्य पनि छन् । त्यहाँ र्‍याफ्टिङ गरेका उनका केही तस्वीरः 


 






  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १९:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया