प्रचण्डलाई जुत्ता हान्ने रतनविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने, ‘हेडक्वार्टरलाई थाहा भएन’

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले प्रचण्डलाई आइतबार जुत्ता प्रहार गरेका रतन तिरुवाविरुद्ध अभद्र व्यहारमा मुद्दा चलाउने तयारी गरेको छ । तर, यस विषयमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहा नभएको उनको सचिवालयले जनाएको छ । 

आइतबार राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेलगत्तै प्रचण्डमाथि रतनले दर्शकदीर्घाबाट जुत्ता प्रहार गरेका थिए । 

लगत्तै उनलाई प्रहरीले त्यहाँबाट पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान सुरु भएको छ । उनले आफूले आक्रोशमा आएर जुत्ता प्रहार गरिसकेको बताएका छन् । जुम्लाका तिरुवा पूर्वमाओवादी कार्यकर्ताका छोरा हुन् । उनका बाबु मन तिरुवाको माओवादी सशस्त्र युद्धको समयमा नै मृत्यु भएको थियो । रतनले आइतबार प्रहार गरेको जुत्ता मन्चसम्म पनि पुगेन तर त्यसको लक्ष्य प्रचण्ड नै थिए । 

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवा जुम्लाका २२ वर्षीय रतन तिरुवा हुन् । उनी पूर्वमाओवादी कार्यकर्ताका छोरा हुन् । उनका बाबुको मृत्यु माओवादी सशस्त्र युद्धमा भएको थियो । जुम्लाका यीनै युवाले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेका थिए । 

उनलाई प्रहरीले त्यहाँबाट तत्काल पक्राउ गरेको छ । अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उनलाई राखिएको छ ।



नेपालगन्जमा अमिन पढेका रतन अहिले काठमाडौंमा नै बस्छन् । 

महानगरीय प्रहरी वृत्त सिंहदरबारका एक प्रहरीका अनुसार रतनले प्रचण्डका कुरा मन नपरेकाले र अहिले उनका कुरा फेरिएकाले आफू क्रुद्ध भएर जुत्ता प्रहार गरेको बताएका छन् । उनले आफूले गल्ती गरेको स्वीकार गरेर माफी मागेको पनि ती प्रहरीले जनाएका छन् । 



आफ्नो फेसबुक एकाउन्टमा रतनले परिचय लेखेका छन्– जबसम्म समान्तवादी र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्वहारा बर्गको अधिनायकत्व प्राप्त हुँदैन । यतिमात्र होइन, रतनले बारम्बार आफ्नो फेसबुकमा माक्र्सवाद र माओवादका विभिन्न विचार पनि राख्दै आएका छन् ।

तर, आफूमाथि जुत्ता प्रहार गर्नेलाई प्रचण्डले केही भनेका छैनन् । उनको सचिवालयका एक सदस्यले भने, ‘यसबारे हेडक्वार्टरबाट केही आएको छैन । तर, प्रहरीले पक्राउ गरेर लगेको छ, प्रहरीले नै उनीमाथि अनुसन्धान गर्छ होला नि ।’

प्रचण्डलाई लक्ष्य बनाएर जुत्ता प्रहार गरेलगत्तै पक्राउ परेका रतनमाथि कार्यक्रमस्थलमा नै एक व्यक्तिले लात्ती प्रहार गरेको पछिल्लो समय सामाजिक सन्जालमा आएका भिडियोमा देख्न सकिन्छ । 

‘अब त्यहाँ आक्रोशको माहोल बन्यो,’ प्रचण्ड सचिवालयका सदस्यले भने, ‘त्यस्तो आक्रोशको माहोलमा कसले फूलमाला लिएर जाओस् त, त्यस्ता व्यक्तिले खाने भनेकै लात्ती त हो ।’

  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया